दफा १९३क
दस्तुर लाग्ने
(१) यस संहितामा अन्यथा उल्लेख भएकोमा बाहेक अदालतमा  देहायका विषयमा देहाय बमोजिम दस्तुर लाग्नेछः–
(क) उजुरीपत्र, फिरादपत्र वा प्रतिउत्तरपत्र दिंदा रु २००।–
(ख)   पुनरावेदनपत्र दिंदा रु ३००।–
(ग)  खण्ड (क) र (ख) बमोजिम बाहेक अन्य निवेदन दिंदा रु १०।–
(२)     उपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वादी भएको मुद्दामा उपदफा (१) बमोजिमको दस्तुर लाग्ने छैन ।